आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ आज (शुक्रबार) २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।
वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा गएको ठूलो विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।
देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान–प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको हो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ । बोडेमा आज हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख आतिथिको रुपमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।
कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।
कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।
त्यसोत भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा भूकम्प नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आइनैरहेको छ यहि क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो ।
भूकम्प एउटा प्राकृतीक प्रकोप हो र यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधारहरु जिम्मेवार छन् ।
प्रतिक्रिया