सोमबार, वैशाख ८, २०८२

प्रचण्ड–नेपाल नेकपा समूहको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७७ माघ २ गते ११:००

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ ।

बिहीबार बसेको स्थायी कमिटी बैठक निष्कर्षबिहीन सकिएपछि आज फेरि बैठक बोलाइएको हो । बैठक शुक्रबार बिहान ११ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकमा यिनै समसायिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए ।

प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शनमा उत्रिएको छ ।

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक गत पुस १९ र २० गते बसेको थियो ।

प्रतिक्रिया