सुनको मूल्यमा वृद्धि
नेपालखोज
२०७७ माघ २ गते १२:०७

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सनको मूल्यमा वृद्धि भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चार सयले वृद्धि भएर छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया