शनिबार, वैशाख ८, २०८१

दाङको तुलसीपुरमा बेवारिसे शव फेला

नेपालखोज २०७७ माघ २ गते १२:३५

दाङ । दाङको तुलसीपुरमा एक पुरूषको शव फेला परेको छ। तुलसीपुर उपमानगरपालिका ४ खाद्रेमा अन्दाजी ५०र५५ वर्ष उमेरका एक पुरूषको बेवारिसे शव फेला परेको हो ।

प्रहरीका अनुसार ३र४ दिन पहिले ती व्यक्तिको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

शव खाद्रेको पतरे खोलामा फेला परेको र रोल्पाको होलेर जानका लागि पैदलमार्ग रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया