आइतबार, असार २९, २०८२

संवैधानिक इजलासका सदस्यलाई पालैपालो बालुवाटारमा भेटे ओलीले

नेपालखोज २०७७ माघ २ गते १२:५१

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पुस २६ र २७ गते पालैपालो सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित चार न्यायाधीशसँग पालैपालो गोप्य रुपमा भेटेका छन् बालुवाटार स्रोतको दावी छ । प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा दिउँसो १ः२० बजेदेखि २ः४५ बजेसम्म प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् जानकारी बाहिरिएको छ ।

मल्ल र कार्की दुवै पूर्व एमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका र प्रधानन्यायाधीशको रोलक्रममा रहेको समेत खुल्न आएको छ । हरिकृष्ण संवैधानिक इजलासबाट कार्की बाहिरिएपछि चार जनाको संवैधानिक इजलासमा प्रधानन्यायाधीशले मल्ललाई समावेश गरेका थिए । ओलीले पुस २६ गते सर्वोच्चका वरिष्ठ न्यायाधीशद्वय दिपक कार्की र मीरा खड्कासँग पनि भेटेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसँग कार्की र खड्काले राति ८ बजेबाट ९ः१० बजेसम्म बालुवाटारमै भेटवार्ता गरेका खुल्न आएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला संसद पुनस्थापना हुन नदिन सेटिङ मिलाइरहेको चर्चा भइरहेका बेला न्यायाधीशहरूले बालुवाटारमा पालैपालो भेटवार्ता गरेका हुन् । यसले स्वतन्त्र न्यायपालिकाको अवधारणा ओझेलमा परेको छ ।

प्रतिक्रिया