शनिबार, वैशाख १५, २०८१

उत्तर कोरियाद्वारा विश्वकै शक्तिशाली हतियार प्रदर्शन गरिएको दाबी

नेपालखोज २०७७ माघ २ गते १३:२९

एजेन्सी । उत्तर कोरियाले राजनीतिक भेलाको अन्त्यका अवसरमा बिहीबार राती नयाँ ब्यालेस्टिक मिसाइल्स प्रदर्शन गरेको छ । यी मिसाइल्सले समून्द्र भित्रैबाट मार हान्न सक्ने बताइएको छ ।

सर्वोच्च नेता किम उन जोङ उपस्थित भव्य समारोहमा सैनिकहरुले परेडसहित हतियार प्रदर्शन गरेका हु्न् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले परेडका क्रममा विश्वकै शक्तिशाली हतियारहरु प्रदर्शन गरिएको दाबी गरेको छ ।

प्योङयाङमा यसैसाता आयोजित भेलाका क्रममा आर्थिक विकास गर्नका लागि अघि सारिएका योजनाहरु पूरा गर्न अस्वीकार भएको स्वीकारोक्ती सर्वोच्च नेता किम उन जोङले गरेका थिए । यद्यपी, उनले देशको सैन्य क्षमता भने बढाउने वाचा गरेका थिए । कालो लेदर ज्याकेट, पञ्जा र कालो टोपी लगाएका उपस्थित भएका किमले मुस्कानसहित परेडलाई अभिवादन गरे ।

‘विश्वकै सर्वाधिक शक्तिशाली हतियार, सवमारिन–लन्च ब्यालेस्टिक मिसाइल्सहरु एकपछि अर्को गर्दै स्क्वायरमा प्रवेश गरे, क्रान्तिकारी सैन्य दस्ताको शक्तिलाई यसले प्रदर्शन गरिरह्यो,’ केसिएनएले जनाएको छ । केसिएनएले सार्वजनिक गरेका तस्विरहरुमा एसएलबिएमलाई पुकगुकसोङ–५ लेबल गरिएको देखिएको थियो, गत अक्टूबरमा सार्वजनिक गरिएको पुकगुकसोङ–४ लाई रुपमा अपग्रेड गरिएजस्तो यसले देखायो । ‘नयाँ मिसाइल लामो देखिन्छ,’ अमेरिकाको क्यालिफोर्नियास्थित जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफिरेशन स्टडिज (सीएनएस) का अनुसन्धानकर्ता माइकल डुइट्सम्यानले ट्वीटमा लेखेका छन् ।

कार्निजी इन्डाउनमेन्ट फर इन्टरनेशनल पिसअन्तर्गत आणविक नीति कार्यक्रमका सिनियर फेलो अंकित पाण्डेले यस परेडमा यसअघि कहिल्यै नदेखिएको छोटो–दूरीको ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन भएको बताए ।

प्रतिक्रिया