शुक्रबार, वैशाख १४, २०८१

युनाईटेड इन्स्योरेन्सले गर्‍यो रि–ब्राण्डिङ

नेपालखोज २०७७ माघ २ गते १४:१८

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले रि–ब्राण्डिङ गरेको छ । विगत २७ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको निर्जिवन बीमा कम्पनीले रि–ब्राण्डिङ गर्दै लोगो परिवर्तन गरेको हो । कम्पनीले एक कार्यक्रमका बीच बिहीबार नयाँ सोचका साथ काम गर्ने उद्देश्यले कम्पनीको लोगो परिवर्तन गरेको बताएको छ ।

वितगको अनुभवलाई आत्मसाथ गरी नयाँ सोचका साथ अगाडि बढ्ने उद्देश्य बोकेको लोगो तयार पारेको कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले बताइन् । फिक्का निलो रंगको पृष्ठभुमीलाई थप गाडा बनाइएको र राष्ट्रियताको भावनालाई अगाडि बढाउन रातो रंग समाबेस गरेर लोगो तयार पारिएको पौडेलको भनाइ छ ।

बाह्य रुपमा कम्पनीको लोगोमात्रै परिवर्तन गरेको देखिए पनि शूश्म रुपमा कम्पनीको आन्तरीक र बाह्य सेवामा नै नयाँ तरिकाले काम गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ग्राहाकको आवश्यकता चहाना र माग पूर्ति र सेवा पूर्तिका लागि बाह्य रुपमा काम गरिरहेको र अन्तरिक व्यवस्थापनमा कर्मचारीको सेवा सुविधादेखी विविध कुरामा परिवर्तन गरेको उनले बताइन् ।

विशिष्ठ अद्योगपति, व्यापारिक समूह, नेपाल औद्योगिक विकास निगम तथा ठूलो संख्यामा सर्वसाधारण व्यक्तिहरुको संलग्नता रहेको यस कम्पनीको हाल २ अर्ब अधिकृत पुजि तथा जारी पुजि १ अर्ब २.८१६ करोड र चुक्ता पुजि १ अर्ब २.८१६ करोड रहेको छ । भर्चुवल रुपमा सम्पन्न कार्यक्रममा कम्पनीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया