बुधबार, माघ २, २०८१

भारतमा बस र ट्रक आपसमा ठोक्किदा ११ जनाको मृत्यु, ७ जना घाइते

नेपालखोज २०७७ माघ २ गते १५:५१

सिन्ह्वा । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जनाको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अन्य सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।

Advertisement

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया