आइतबार, असार २९, २०८२

हातहतियारसहित पक्राउ डोल्पामा ५ जना पक्राउ

नेपालखोज २०७७ माघ २ गते १६:०६

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका ११ स्थित मुँ गाउँबाट २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिंङसहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्रप्रसाद वुढा, सोही नगरपालिका ५ बस्ने ४५ वर्षीय मानबहादुर वुढा, २१ वर्षीय गोकर्ण वुढा, ४२ वर्षीय सूर्यबहादुर वुढा र २५ वर्षीय चन्द्ररुप केसी रहेका छन् ।

प्रहरी चौकी त्रिपुराकोट र शे-फोक्सोण्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले चन्द्र प्रसाद बुढा समेतको घरमा तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया