बिहीबार, वैशाख १३, २०८१

ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

नेपालखोज २०७७ माघ २ गते १६:५५

काठमाडौं । ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई आज एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रम मार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोकनारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयबहादुर सिंहद्वारा संयुक्तरुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्य बिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३०० जना प्रत्यक्ष्यरुपमा लाभान्वित हुनेछन साथै शिशु मृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्ने छ ।

सोहि कार्यक्रमको अवसरमा पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताललाई प्रदान गरिएको थियो । हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु.४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु. ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया