शुक्रबार, वैशाख १४, २०८१

पीएम कपमा आज एपीएफ र प्रदेश १ भिड्दै

नेपालखोज २०७७ माघ ३ गते ६:५३

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ र प्रदेश नम्बर १ बीचको खेल हुनेछ ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । एपीएफ शरद भेषावकरको र प्रदेश एक सिद्धान्त लोहनीको कप्तानीमा खेल्दैछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा हिजोबाट प्रतियोगिता सुरु भएको हो ।

हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको छ ।

प्रतिक्रिया