शुक्रबार, चैत १६, २०८०

भारतमा सरकार र किसानबीच सहमति जुटेन

नेपालखोज २०७७ माघ ३ गते ७:००

एजेन्सी । कृषि कानूनको विरोधमा आन्दोलनरत भारतीय किसान र सरकारी प्रतिनिधिहरूबीचको नवौँ वार्ता पनि अनिर्णित भएको छ । कृषिसम्वन्धी तीन नयाँ कानून खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।

शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ । किसानहरुको मागप्रति सरकारी पक्ष धेरै नै लचक हुँदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन वटै कानून खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए ।

प्रतिक्रिया