प्रदेश नं १ मा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७७ माघ ३ गते ७:२८
काठमाडौं । बंगाल र आसपासमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।
हाल प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश नं १ को एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु् र कुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया