आज काठमाडौं उपत्यकाका २१ ठाउँमा बिजुली कटौती
नेपालखोज
२०७७ माघ ३ गते ७:५३

काठमाडौं । आज काठमाडौंका २१ ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ । हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो ।
मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।
प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो । मर्मतका लागि बिजुली काट्नुपर्ने भएकाले यसलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले बताउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया