शुक्रबार, वैशाख ७, २०८१

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

नेपालखोज २०७७ माघ ३ गते ११:३१

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाल र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय रक्षामन्त्री सिंहले शनिवार विहान भेटवार्ता गरेका हुन् ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भएको भेटवार्तामा दुई देश बीचको सम्बन्ध तथा आपसी सहयोगको विषयमा छलफल भएको छ ।

बिहान साढे नौ बजेदेखि शुरु भएको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यपनि उपस्थित भएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेकाछन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

मन्त्री ज्ञवालीले शनिबार बिहान नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग पनि अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया