बुधबार ह्वाइट हाउस छाड्ने ट्रम्पको तयारी
नेपालखोज
२०७७ माघ ३ गते १२:३६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो बुधबार अर्थात् २० जनवरीको बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् ।
सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् ।
ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् । उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैनन् र बाइडेनको सपथमा पनि उपस्थित नहुने जानकारी दिइसकेका छन् । यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया