बिहीबार, वैशाख १३, २०८१

नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड

नेपालखोज २०७७ माघ ३ गते १६:०८

काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगडलाई चयन गरेको छ । संघको २२ औँ बार्षिक साधारण सभाले दुगडलाई आगामी दुुई बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो । यसैगरी प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । अध्यक्ष दुगड बिगतमा दुुई कार्यकाल संघको अध्यक्ष भइसकेकाछन । सभाले संघको नयां नेतृत्वको लागि पून उनलाईनै अध्यक्ष पदमा िनर्विरोध चयन गरेको छ ।

शुुक्रवार सम्पन्न संघको वार्षिक साधनरण सभामा मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदानलाई पुन पाँच प्रतिशत कायम गर्न माग व्यवसायीहरुले माग गरेका छन । सभाले मुल्य अभिबृद्धि करका कारण आयातित मैदा संग प्रतिस्पर्धा गर्न नसकेको भन्दै निर्यात अनुदानलाई पुुन पाँच प्रतिसतमा कायम राख्न सरकार समक्ष माग गरेको हो । यसरी अनुदान दिंदा स्वदेशी मैदा विदेश निर्यात हुने अवसर प्राप्त हुुने संघले जनाएको छ ।

सभाले मुल्य अभिबृद्धि कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय समेत गरेको छ । मैदामा नेपाल आत्मनिर्भर भैसकेको हुंदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने, कच्चा पदार्थ गहुं र तयारी बस्तु मैदा आयात दरमा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने माग समेत गरेको छ । यसैगरी गहुं र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनुपर्ने, गहुं आयातमा पाँच प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुं आयात गर्दा एक प्रतिशत हुनुपर्ने, कमसेकम अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलियत दरमा गहुं आयात गर्न पाउनु पर्ने, फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने माग पनि संघले गरेको छ ।

नेपालमा गहुं उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने र मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदानलाई पून पाँच प्रतिशत कायम हुनु पर्ने माग पनि व्यवसायीहरुले गरेकाछन । यसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने असर देखिन्छ, उनीहरुको भनाई छ ।

प्रतिक्रिया