‘भारत भ्रमणले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन योगदान पुग्यो’
नेपालखोज
२०७७ माघ ३ गते १९:०१
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन योगदान पुगेका बताएका छन् ।
भारत भ्रमणबाट फर्किएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारत भ्रमणले नेपाल-भारत सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘‘भारत भ्रमणले घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा योगदान पुगेको विश्वास छ,’’ उनले भने, ‘‘थप द्विपक्षीय भ्रमण हुने र सम्बन्ध मजबुत हुने विश्वास छ ।’’
पूर्णपाठ
सम्बन्धित
प्रतिक्रिया