बिहीबार, चैत १५, २०८०

इन्डोनेशियामा ज्वालामुखी विस्फोट

नेपालखोज २०७७ माघ ४ गते ९:३१

एजेन्सी । इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । इन्डोनेशियाको माउन्ट सेमरुमा शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखीबाट निस्किएको खरानी तथा धुवाँ ५.६ किलोमिटर परसम्म पुगेको छ भने माउन्ट सेमरु आसपास क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छैन ।

त्यसोत अत्याधिक जनघनत्व रहेको जाभा आइल्याण्डको आकाशमा समेत ज्वालामुखीबाट निस्किएको खरानी र धुवाँ फैलिएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएको छ ।

अहिलेसम्म ज्वालामुखीका कारण कसैको ज्यान गएको वा घाइते भएको थाहा नभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया