शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जित

नेपालखोज २०७७ माघ ४ गते १५:३६

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मीले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो ।

आर्मीले जितका लागि दिएको १९६ रनको प्रतिस्पर्धात्मक लक्ष्य कर्णाली प्रदेशले ३३ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११५ रन मात्र बनाएको हो ।

कर्णालीका लागि कप्तान रवीन्द्रजंग शाहीले सर्वाधिक ३० रन बनाउन सफल भए । त्यस्तै हेमन्त ओलीले १७ रन बनाउँदा दिनेश अधिकारीले १२ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहव आलम र सुशन भारीले तीन-तीन विकेट लिए । त्यस्तै रोहित पौडेल दुई विकेट लिँदा हरि चौहानले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अल आउट हुँदै १९५ रन बनाएको हो । आर्मीका लागि अनिल मण्डलले अर्धशतकीय पारी खेले । ११४ बल खेलेका उनले १४ चौकाको सहयोगमा ८९ रन बनाउन सफल भएका हुन् । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४१ रन बनाए । ५५ बल खेलेका विनोदले बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाउन सफल भएका हुन् ।

बलिङतर्फ कर्णालीका लागि राज शाह र दिवान पुनले र दीपेश अधिकारीले २-२ विकेट लिए । त्यस्तै युनिस सिंह, रवीन्द्रजंग शाही र अनुज चुनराले एक-एक विकेट लिए । प्रतियोगितामा दोस्रो खेलमा पनि आर्मीले जित निकाल्न सफल भएको हो । कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया