बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्न अग्रसर : केशव झा

नेपालखोज २०७७ माघ ४ गते १६:००

कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र समाप्त पार्न अग्रसर भएको आरोप लगाएका छन् ।

शनिवार कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा बोल्दै नेता झाले प्रधानमन्त्री विघटनको बाटोमा हिँडे पनि आफुहरुले यसलाई स्वीकार नगर्ने चेतावनी दिएका छन् । शनिवार तराईका ६ जिल्ला धरान ,सिरहा, मलङ्वा, रौतहट , कलैया र तौलिहवामा कार्यक्रम भएको थियो ।

सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा र थप अन्य कुनै गलत कदम नउठोस् भन्नका लागि खबरदारी स्वरुप संघर्ष गरिरहेको नेता झाले जानकारी गराए । सर्वोच्च अदालत एक मात्र आशा र भरोसाको केन्द्र रहेको बताउँदै झाले भने ‘जसपामाथि लोकतन्त्र जोगाउने कार्यभार आएको छ । सर्वोच्चले संविधानको मर्म अनुरुप नै संसद पुनर्स्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास हो ।’

जसपा नेपालद्वारा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध देशको प्रमुख शहरहरुमा भइरहेको दोस्रो चरणको विरोध प्रदर्शन र विरोधसभा कार्यक्रमअन्तर्गत गत पुस २५, २७ र २९ गते विभिन्न स्थानमा विरोध कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया