कोरोना अपडेट : एकैदिन ४ सय जना निको, डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार नाघ्यो
नेपालखोज
२०७७ माघ ४ गते १७:१४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३५ सय आठ जनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६७ हजार तीन सय २२ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २३१ जना छन् भने ३९ सय १९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया