शुक्रबार, वैशाख ७, २०८१

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु

नेपालखोज २०७७ माघ ४ गते २०:१८

काठमाडौं । बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तगर्त युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका हुन ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, बिषयबिज्ञता र बजारको बस्तुस्थीतिबारे राम्रो ज्ञान हुनआवश्यक रहेको बताए । घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्णकर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गरे ।

मन्ञालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले युवा मैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउदैं आगामीबर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताए । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोचमाथी लगानीगर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागीहुन युवाहरुलाई आग्रह गरे ।

सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा बितरणमा अन्य बैंक भन्दा निकै अघि रहेको उल्लेख गदैं आगामी दिनमा युवाउद्यमी प्रवद्र्धनमा बैंक क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे । सोहि समारोहमा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर बर्षा श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारी लगायतले समुद्घाटन सत्रमा उद्यम, उद्यमशीलता र युवा सहभागीताबारे मन्तब्य रराखेका थिए ।

कार्यक्रमको दोस्रो र तेस्रो सेसनमा युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक बिनोद गुरागाई, त्रिभुवन विश्व बिद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. ध्रुवराज पोखरेल, खल्ती डटकमका अमित अग्रवाल, पैचो पसलका प्रवन्ध सञ्चालक ध्रुव न्यौपाने, राष्ट्रिय वाणिज्यबैंकका उपकार्यकारी अधिकृत देवेन्द रमण खनाल, महिला उद्यमी भारती पाठक, अञ्जु पौडेल लगायतले विभिन्न सेसनमा बोलेको थिए ।

प्रतिक्रिया