बिहीबार, चैत १५, २०८०

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपालखोज २०७७ माघ ५ गते ९:५७

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपालमा राजनीतिक संकट जटिल अवस्थाबाट गुज्रिरहेकै बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीले फेरि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।

राजदूत यान्छी गत शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी थिएन् भने भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन् ।

शुक्रबार भएको उक्त गोप्य भेटवार्ताबारे चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले पुष्टि गरेका छन् । तर, उनीहरुबीच कुन विषयमा कुराकानी भएको भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चिनियाँ राजदूत यान्छीको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता भएको हो ।

प्रतिनिधिसभा विघटन भएलगत्तै यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा भएको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न पठाएको टोलीसँग पनि यान्छी शीतल निवास गएकी थिइन् ।

प्रतिक्रिया