प्रदेश २ मा आज सार्वजनिक बिदा
नेपालखोज
२०७७ माघ ५ गते १२:०४
काठमाडौं । प्रदेश २ सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको हो ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।
बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने छ ।
सम्बन्धित
प्रतिक्रिया