शुक्रबार, वैशाख १४, २०८१

भैरहवामा ५ वर्षीया बालिका बलात्कृत

नेपालखोज २०७७ माघ ५ गते १३:०७

भैरहवा । जिल्लामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका–१३ बबनी बस्ने होमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बालिका बलात्कार गरेको विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

कपिलवस्तु वाणगंगा–१२ घर भएका विक बबनीमा बसेर मजदुरी गर्दै आएका थिए । बिहीबार अपराह्न ५ बजेतिर घरबाट पसल जान निस्किएकी बालिकी राति नजिकैको खोल्सामा अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले जानकारी दिए ।

पौने ८ बजेसम्म नफर्किएपछि परिवारले बालिका हराएको भनी प्रहरीलाई खबर गरेका थिए । खोजतलासका क्रममा बालिका घरनजिकैको खेतमा गम्भीर अवस्थामा फेला परेकी थिइन् ।

गम्भीर अवस्थामा फेला परेकी बालिकाको शुरुमा रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएकी बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बालिकाको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर नियन्त्रणमा राखिएको एसपी पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया