शुक्रबार, वैशाख १४, २०८१

सुडानको आक्रमणमा ८३ को मृत्यु

नेपालखोज २०७७ माघ ५ गते १३:४९
Photo: The Guardian


एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था सुना न्यूजले जानकारी गराएको छ ।

शनिबारबाट शुरु भएको झडपमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६० व्यक्ति घाइते भएको उपचारमा संलग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गर्दै सुनामा उल्लेख गरिएको छ । शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन् ।

सुनाद्वारा सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ । पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेशसमेत जारी गरेका छन् ।

प्रतिक्रिया