औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ
नेपालखोज
२०७७ माघ ५ गते १४:१९

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत चार जनालाई आइतबार राति पक्राउ गरेको हो ।
पुस २५ गते उक्त गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान विभिन्न औषधी तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जानकारी दिएको छ।
सम्बन्धित
प्रतिक्रिया