शुक्रबार, वैशाख ७, २०८१

जुम्लाबाट सुरु भयो लोडसेडिङ तालिका

नेपालखोज २०७७ माघ ५ गते १५:५२

जुम्ला । ग्रहकहरुको माग बमोजिम आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका नै सार्वजनिक गरेको छ ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ् हुने प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ । यसैगरी सानो बिजयनगर , ठूलो बिजयनगर, बोहरागाउँ र बसपार्क आसपास क्षेत्रमा मध्याह्न साँढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ् हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ ।

सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा शक्ति अपुग भएमा ग्राहकहरुको लाइन काटिन सक्ने प्राधिकरणले जनाएको छ । जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन ।

स्थानीय साना जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीको भरमा बिजुली प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया