शनिबार, माघ ५, २०८१

शुलभ ट्रेडविरुद्ध ६ करोड ५२ लाख बिगोसहित मुद्दा

नेपालखोज २०७७ माघ ५ गते १६:१०

काठमाडौ । नक्कली भ्याटबिल प्रयोग गरी राजश्व छल्ने शुलभ ट्रेडविरुद्ध ६ करोड ५२ लाख रुपैयाँ बिगोसहित मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकका अनुसार बाराको विश्रामपुर ५ वस्ने ट्रेडका प्रोप्राईटर अमिरी ठाकुरबाट विरुद्ध मुद्दा दायर भएको हो ।

Advertisement

उनीविरुद्ध ६ करोड १२ लाख १३ हजार सात सय २६ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी गर्दै आइतबार उच्च अदालत पाटनमा मुा दायर गरिएको छ ।

विभागका अनुसार शुलभ ट्रेडले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आार्थिक वर्ष २०६८–००६९ देखि २०७३–०७४ सम्ममा मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेका छन् । उनलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरेको देखिएकाले बिगो तथा कैद सजाएको माग गर्दे मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया