रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा
नेपालखोज
२०७७ माघ ५ गते १६:५५
काठमाडौं । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार दिउँसो लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आगो सशस्त्र प्रहरी, काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौं महानगरपालिकाका दमकल र स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् ।
अपार्टमेन्टबाट तीन जना सामान्य घाइतेको उद्धार गरी अस्पताल लगिएको छ । अपार्टमेन्टको भुइँ तलामा विद्युत सर्ट भइ आगलागी भएको पाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया