पीएम कप: आज पनि दुई खेल
नेपालखोज
२०७७ माघ ६ गते ८:३९

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।
समूह ‘क’ मा रहेका लुम्बिनी प्रदेश र प्रदेश २ ले आज पहिलो खेल खेल्दैछन् । यस खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । लुम्बिनी कृष्ण कार्कीको कप्तानीमा खेल्दैछ भने प्रदेश २ को नेतृत्व सुरज कुर्मीले गर्दैछन् ।
यस्तै समूह ‘बी’ अन्तर्गत गण्डकी प्रदेश र कर्णाली प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । गण्डकीको यो तेस्रो खेल हो भने कर्णालीको दोस्रो खेल हो ।
पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गरेको थियो । यस्तै कर्णाली पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया