शनिबार, वैशाख ८, २०८१

यस्ता स्वास्थ्य समस्या भएका मानिसलाई कोभ्याक्सिन खोप नलगाउन आग्रह

नेपालखोज २०७७ माघ ६ गते १०:४४

एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार कोरोना भाइरविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको छ । कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको हो ।

त्यस्तै कोरोना भाइरसविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको र ७ जना अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।

खोपकाे कारण केहीमा स्वास्थ्य समस्या देखिएपछि कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्तहरू तोकेको छ ।

कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ ।

यस्तै, गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि खोप नलगाउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्नसमेत समेत समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि बताएको छ ।

भारतमा अहिलेसम्म ३ लाख ८१ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया