बिहीबार, वैशाख १३, २०८१

विराटनगरमा विद्यार्थी बोकेको बस दुर्घटना

नेपालखोज २०७७ माघ ६ गते १२:१६

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । बा.२ ख ४५८ नम्बरको बस सुनवर्षी नगरपालिकाबाट विद्यार्थी लिएर आउने क्रममा मंगलबार बिहान दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालयका अनुसार विद्यार्थी लिएर विराटनगर जाने क्रममा सुनवर्षी नगरपालिकाको भेडुवाथानमा बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा रतुवामाई नगरपालिकाकी निशा ताजपुरिया, रेजिना घिमिरे, श्रद्धा भट्टराई, मनिषा राजवंशी, विशाल कुमार मण्डल घाइते भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए।

घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर लगिएको उनले बताए।

बाक्लो हुस्सुसँगै सडकमा मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको हुनस प्रहरीले जनाएको छ । प्रहरीले बससहित ३१ वर्षीय चालक धर्मेन्द्र वर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया