शुक्रबार, वैशाख १४, २०८१

अष्ट्रेलियामाथि भारतको सानदार जित

नेपालखोज २०७७ माघ ६ गते १५:२०

एजेन्सी । भारतले अस्ट्रेलियाविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेस्ट ३ विकेटको सानदार जित निकालेको छ । योसँगै चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ ।

जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौ दिनको खेल सकिन तीन ओभर बाँकी रहँदा भारतले खेल जितेको हो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै जित निकालेको हो ।

अस्ट्रेलियालाई बोडर–गावस्कर टेस्ट शृंखला आफ्नो पक्षमा पार्न यो टेस्ट जित्न आवश्यक थियो ।

टेस्टको पाँचौं दिन भारतले बिनाविकेटको क्षति चार रनबाट अगाडि खेल्न सुरु गरेको थियो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ९१ रन बनाए । यस्तै चेतेश्वर पुजाराले ५६ रन थपे । उनीहरूले दोस्रो विकेटका लागि १ सय १४ रनको साझेदारी गरे र जितको आधार तयार पारे ।

यस्तै ऋषभ पन्तले नटआउट रहेर ८९ रन बनाए । अस्ट्रेलियाले शृंखलाको पहिलो टेस्ट जितेयता भारतले दोस्रो टेस्ट आफ्नो पक्षमा पारेको थियो । तेस्रो टेस्ट बराबरीमा टुंगेको थियो । पहिलो टेस्टको आफ्नो दोस्रो इनिङ्समा ३६ रनमा अलआउट भएर पनि भारतले उत्कृष्ट पुनरागमन गरेको हो ।

प्रतिक्रिया