प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य
नेपालखोज
२०७७ माघ ७ गते ११:१७

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार बढेर तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया