सडकमै ‘राष्ट्रियसभा’को बैठक !
नेपालखोज
२०७७ माघ ७ गते १२:३४
काठमाडौं । संसद् विघटनविरुद्ध सडकमा राष्ट्रियसभाको बैठक बसी आज (बुधबार) सांकेतिक विरोध गरिएको हो ।
काठमाडौंको भृकुटीमण्डपस्थित सडकमै प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रियसभा बैठकको नमुना बैठक प्रदर्शन गरिएको हो ।
नेपाल टिन लिडर्सको आयोजनामा सडकमा राष्ट्रियसभाको बैठक बसी संसद् विघटनविरुद्ध सांकेतिक विरोध गरिएको हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचको मिति तय गरेकी थिइन् ।
संसद् विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भएको भन्दै दैनिकजसो काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन भइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया