रहेनन् लोक गायक रत्न बानियाँ
नेपालखोज
२०७७ माघ ७ गते १२:४८
काठमाडौं । गायक रत्न बानियाँको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको छ ।
दुवै मृगौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उपचार गर्दै आएका गायक बानियाँको आज बिहान ३ बजे निधन भएको उनका भतिज राजु बानियाँले जानकारी दिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका सञ्चालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।
संगीकाकार तथा गीतकार समेत रहेका रत्न बानियाँको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौं गीतले चर्चा पाएका छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राजु बानियाँले बताए । बानियाँका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया