शुक्रबार, वैशाख ७, २०८१

ओलीसँग व्यक्तिगत दुश्मनी छैन : प्रचण्ड

नेपालखोज २०७७ माघ ७ गते १३:४५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने बताएका छन् । बुधबार बिहान सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डल भने–‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैनौं । यतिखेर त्यति भन्दा बढी ब्याख्या गर्दिन ।’

प्रचण्ड–नेपालले बुधबार सम्पादकहरुसँग पार्टी विभाजनदेखि प्रतिनिधिसभा पुनर्स्थापनासम्म छलफलमा प्रचण्डले मुलुक दुर्घटनामा जाँदा आवेग, आक्रोश र चिन्ता व्यक्त गर्न खोजेको बताए ।

माधवकुमार नेपालसँगको गठबन्धन टिकाऊ सन्दर्भमा दाहालले ‘विचार र विधिमा एकता भएको हुँदा अलि परै जान सक्ने’ टिप्पणी गरे । ‘ओलीसँग पनि व्यक्तिगत दुश्मनी होइन । विचार, आदर्श, विधि र पद्धति मिचेपछि यस्तो स्थिति पैदा भएको हो,’ उनले भने ।

उनले सत्ता प्राप्तिका निम्ति केपी शर्मा ओली ‘जस्तो सुकै’ सम्झौता गर्न पनि पछि नहट्ने जिकिर गर्दै आलोपालो सम्झौता पनि उल्लंघन गरेको बताए ।

प्रतिक्रिया