शनिबार, वैशाख ८, २०८१

भारतले १० लाख डोज खोप अनुदानमा दिने

नेपालखोज २०७७ माघ ७ गते १४:३५

काठमाडौं । नेपालमा कोरोना कोरोना संक्रमणविरुद्धको खोप आउने पक्का भएको छ । भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिन लागेकाे हाे ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाटीले उक्त खोप भारतले अनुदानमा दिन लागेको जानकारी दिए ।

भारतले अनुदानमा दिएको खोप भोलि नै काठमाडौं आइपुग्ने भएको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुन सबै तयारी पूरा भइसकेको मन्त्री त्रिपाटीले जानकारी दिए ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपालमा ल्याइँदैछ । भारतबाट प्राप्त हुने अनुदानको खोप ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ । भने दोस्रो चरणका लागि खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।

भारतमा उक्त खोप गत शनिबारदेखि लगाउन सुरु भइसकेको छ । औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया