हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्टसहित एक जना पक्राउ
नेपालखोज
२०७७ माघ ७ गते १५:१२

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एक जना पक्राउ परेका छन ।
प्रहरीकाअनुसार काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी ५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्टसहित मंगलबार साँझ पक्राउ गरिएको हो ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया