बिहीबार, माघ १०, २०८१

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन

नेपालखोज २०७७ माघ ७ गते १५:२१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाको बुुधबार केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरमा सरसफाई कार्यक्रम गरी सम्पन्न गरी बार्षिक उत्सव सम्पन्न गरेको हो ।

Advertisement

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले सरसफाइ कार्यक्रममा आवद्ध कर्मचारी, स्थानीय समाजसेवीलाई धन्यावाद ज्ञापन गर्दै २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ४६ हजार भन्दा बढी सदस्यलाई सेवा पुर्‍याएको तीन अर्ब चार करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा ७८ करोड निक्षेप जम्मा गरेको जानकारी दिए ।

संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको, निक्षेप र कर्जा सेवाग्राहकको आवश्यकताअनुसार स्वीकार गरी उपलब्ध गराएको, समय सापेक्ष उद्यमी बन्न तालीम उपलब्ध गराई रहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ्ग सुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवीप्रकोपमा परेका सदस्यहरुलाई राहत, सुत्केरी सुबिधा प्रदान गरिरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया