शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री कप: प्रदेश एक आर्मीसँग ४ विकेटले पराजित

नेपालखोज २०७७ माघ ७ गते १५:५७

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर एकलाई चार विकेटले हराएको छ ।

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको एक सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि रोहित पौडेलले ३६ रन बनाए भने भीम सार्कीले २९ र राजेश पुलामीले अविजत २४ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४० ओभर एक बलमा अलआउट हुँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।

उसका लागि विवेक मेहताले ५० र फिर्दोश अन्सारीले ३२ रन बनाए । आर्मीका लागि शाहब आलमले चार र आकाश चन्दले तीन विकेट लिए ।

प्रतिक्रिया