शुक्रबार, वैशाख १४, २०८१

एफएनसिसिआईद्वारा स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार

नेपालखोज २०७७ माघ ७ गते १६:३८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पाएको छ ।

जसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे, सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेको महासंघले जानकारी दिएको छ ।

महासंघकाअनुसार समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी रहेका छन । त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार रहेका छन । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरका छन ।

कार्यक्रमलाई सम्वोधन गर्दे महासंघका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्ने तर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे ।

यूवा जनशक्तिको बाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशकोबीचमा हाम्रो अवस्थिति नै हाम्रो समृद्धिको बलियो आधार भएकाले हामीसंग भएको अथाह सम्भाव्यताबाट वास्तविकरूपमै फाइदा उठाउनु पर्नेमा अध्यक्षको जोड थियो । यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताए ।

समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया