मंगलबार, माघ १, २०८१

बिहीबारको प्रदर्शनमा सहभागी हुन देउवाको अपील

नेपालखोज २०७७ माघ ७ गते १६:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सभापति देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।

Advertisement

प्रतिनिधिसभा विघटन संविधान र जनमत विरुद्ध भएकोमा कांग्रेस एकमत रहेको विज्ञप्तिमा उल्लेख छ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एक मत छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सवै तहका साथीहरुसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।’

कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया