शुक्रबार, वैशाख २८, २०८१

ट्रम्पको बहिर्गमनले इरानका राष्ट्रपति खुशी

नेपालखोज २०७७ माघ ७ गते १६:५४

तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बहिर्गमनले इरानका राष्ट्रपति खुशी भएका छन् । ट्रम्पले आज आफ्नो कार्यालय छोड्दै छन् ।

एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन् भनी रुहानीले एक टेलिभिजनमा गरेको टिप्पणीमा बताएका छन् ।

शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । रिपब्लीकन पार्टीका उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित भएनन् ।

राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगाएका थिए । ट्रम्प कार्यकालमा इरानसँगको सम्बन्ध कहिल्यै सुध्रिएन ।

प्रतिक्रिया