बुधबार, वैशाख १२, २०८१

बजाज अटो लिमिटेड विश्वको सर्वाधिक मूल्यवान दुई-पाङ्ग्रे सवारी कम्पनी

नेपालखोज २०७७ माघ ७ गते १९:५६

काठमाडौं । बजाज अटो लिमिटेड बजार पूँजीकरण रु १.६ लाख करोड नाघ्ने विश्वव्यापीरुपमा पहिलो दुई–पाङ्ग्रे कम्पनी बनेको छ ।

बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पूँजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५ औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको छ ।

विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुई-पाङ्ग्रे सवारी कम्पनीले रु १.६ लाख करोड भन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन् । यस प्रकार, बजाज अटो दुई–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पुर्‍याउने विश्वमै पहिलो दुई–पाङ्ग्रे कम्पनी पनि हो ।

बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै “विश्वकौ लोकप्रिय भारतीय” ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्वबजारमा लगातार विस्तार भइरहेको छ ।

बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरूलगायत विश्वबजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनकारण नीतिक साझेदारी गरेको छ ।

यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, “मोटरसाइकल वर्गमा कम्पनीको विशेषध्यान र विभेदको रणनीति प्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।

बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूहभारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो ।सन् १९२६ माभारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ। बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीनपाङ्गे बजाजले बनाएको पाइएको छ ।

७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया”दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।

प्रतिक्रिया