सोमबार, वैशाख ८, २०८२

आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना

नेपालखोज २०७७ माघ ८ गते ८:३१

काठमाडौं । आज देशका धेरैजसो भू-भागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले आज उच्च हिमाली भू-भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको समेत बताएकाे छ ।

आज राती प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

प्रतिक्रिया