बुधबार, वैशाख १२, २०८१

यी स्वास्थ्य समस्या भएकाले लगाउनु हुँदैन काेराेना खाेप

नेपालखोज २०७७ माघ ८ गते ११:०१

काठमाडाैं । नेपालमा पहिलो चरणको कोभिसिल्ड खोप बिहीबार नेपाल आउने भएको छ । भारत सरकारले अनुदान स्वरुप नेपाललाई उपलब्ध गराएको १० लाख डोज उक्त खोप सिधै टेकुस्थित खोप महाशाखामा लगिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिष्ट डा. शेरबहादुर पुनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोपको प्रयोग तथा व्यवस्थापनका लागि पूर्व खोप महाशाखा प्रमुख श्याम उप्रेतीको नेतृत्वमा एक टोली गठन गरिसकेको छ ।

डा.पुनका अनुसार निम्नानुसारका स्वास्थ्य समस्या भएका व्यक्तिहरुले उक्त खोपको प्रयोग गर्नु हितकर हुँदैन –
१ . जुनसुकै खोप लगाउँदा स्वास्थ्य समस्या आएका व्यक्तिहरुले यो खोप लगाउनुहुँदैन
२. गर्भवती महिला
३. १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुले यो खोप लगाउनुहुँदैन
४. रगत पातलो भएका तथा रक्तस्रावको समस्या भएमा खोप लगाउनुहुँदैन

प्रतिक्रिया