बिहीबार, वैशाख १३, २०८१

वामपन्थी नेताको हैसियत कार्यालय सहयोगिभन्दा तल : नेविसंघ

नेपालखोज २०७७ माघ ८ गते १४:५५

नुवाकोट । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केपी शर्मा ओली सरकारले गरेको संसद् विघटन मुलुकको लागि इतिहासमै सबैभन्दा घातक निर्णय भएको बताएको छ ।

नुवाकोट तादि १ उर्लेनी वडा समितिले आयोजना गरेको विरोध सभामा बोल्दै नेविसंघका नेता निरन्जन थापाले संसद् विघटन मुलुकको लागि सबैभन्दा घातक निर्णय भएको बताएका छन् ।

कोभिडबाट पीडित जनतालाई दिने राहतमा समेत चरम भ्रष्टाचार, बलात्कार, भ्रष्टचारीको संरक्षण र बामगठबन्धनको आपसी लडाइँका कारण मुलुक अनिर्णयको बन्दी भएको उनले बताए ।

सरकारको यो कदमले देशलाई नोक्सान पुर्याएको कुरा बुझेका वा नबुझेका व्यक्तिहरुलाई कांग्रेस र कांग्रेसका भातृ सगठनले बुझाउन तयार रहेको उनले बताए ।

बामगठबन्धनबाट नुवाकोटमा चुनाव जितेर गएका नेताहरुको हैसियत कार्यालयको कार्यालय सहयोगि जति पनि नरहेको बताउँदै उनले नुवाकोटलगायत देशैभर विकास र समृद्धिको कुरामा कांग्रेससँग सिक्न आग्रह गरे ।

प्रतिक्रिया